प्रमोद भट्ट,
धादिङबेसी माघ २३ । नेपाल विद्यार्थी संघ धादिङले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोगिता धादिङ समाज धादिङले जितेको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले रेफ्रिलाई बल हस्तान्त्रण गरि सुरुभएको फाईनल खेलमा आयोजक नेपाल विद्यर्थी संघलाई ५ गोल गर्दै प्रथम पुरस्कार धादिङ समाज धादिङले जितेको हो ।
५० हजार पुरस्कार रहेको यस प्रतियोगिता १ धादिङ समाज धादिङ सँग १ गोलमा सिमित बनेको आयोजक नेवि संघ द्वितिय र मैदी यूनाईटेडलाई हराउँदै Ignis Football Club मलेखु सान्तोना भएका थिए ।
प्रमुख अतिथि काफ्लेले प्रथम हुने टिम लाई नगद ५० हजार द्वितिय हुनेलाई नगद ३० हजार र सान्तोना हुने, टिमलाई नगद २० सहित मेडल, प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा धादिङ समाज धादिङका कप्तान गोपी भण्डारी व्यक्तिगत ९ गोल गर्दै उत्कृष्ठ गोल कर्ता बनेका थिए ।