धादिङ माघ २३ । नेपाल विद्यार्थी संघ धादिङले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दैनिक समाचार अपडेट गरि सहयोग पुर्याई खेल समाचारलाई प्रथामिकता दिएको भन्दै नेवि संघले सम्मान गरेको छ ।
माघ १२ गते देखि धादिङबेसीमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा निरन्तर खेल समाचार सम्प्रेषण गरेको प्रमाण पत्रमा उल्लेख गर्दै नेवि संघका महामन्त्री कुन्दन राज काफ्लेले धादिङपोष्ट अनलाईन र स्थानिय टेलिभिजन दिव्यदर्शनलाई सम्मान गर्नुभएको हो ।
खेल समापन गर्दै महामन्त्री काफ्लेले समाज परिवर्तन र युवाहरुको खेल प्रतिको चासोलाई महत्वदिदै आएका यी मिडियाहरुलाई नेवि संघले सँधै कदर गर्दै आएको र सबै मिडियाको यस कार्यक्रममा सहयोग रहेको बताउँदै निरन्तर नेविसंघले मिडियाको सहयोग पाई रहने आशा रहेको समेत बताउनु भएको थियो ।