धादिङबेसी माघ २१ । नेपाल विद्यार्थी संघ धादिङले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोजिताको फाइनल खेल शनिबार हुने भएको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री कुनदनराज काफ्लेको प्रमुख आथित्यतामा हुने फाईनल खेत तथा समापन कार्यक्रममा प्रथम हुने टिमलाई नगद ५० हजार द्वितिय हुनेलाई नगद ३० हजार र सान्तोना हुने टिमलाई नगद १० सहित मेडल, प्रमाण पत्र प्रदान गरिने नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
धादिङबेसीमा जारी सेमिफाइनलको नतिजा
आज सम्पन्न भएको सेमिफाइनल खेलमा Ignis Football Club मलेखुले लज्जास्पद हार व्यहोरेको छ । क्वाटर फाइनलखेलमा र चन्द्रोदय युवा क्लव सत्यदेवि १० गोल हान्दै सेमिफाईनल प्रबेस यस क्लवले सेमिफाइनलमा १ गोलमा मात्र सिमित हुन पुग्यो यसको फाइदा उठाउँदै आयोजक नेपाल विद्यार्थी संघले १ का विरुद्ध ५ गोल गर्दै प्रथमको दावेदार भएको छ ।
त्यसै गरीे दोस्र्रो सेमिफाइनल खेलमा धादिङ समाज धादिङ (DSD) ले मैदी यूनाईटेलाई ३ गोल गर्दै प्रथमको दावेदार बनेको छ । धादिङ समाज धादिङ (DSD) को विरुद्ध पहिलो हापमा आक्रामक खेल्न नसकेको मैदीले दोश्रो हापमा दवावमा मात्र राखेन २ गोल नै गर्यो तर जितका लागि उसलाई २ गोल प्रयाप्त थिएन ।
सुरुका खेलहरु देखि नै रेफ्रिको निर्णय फितलो भएको दर्शकहरु र खेलाडी स्वयमले बताई रहेका वेला आज भएको सेमिफाईनलमा मैदीका खेलाडीहरु रेफ्रीको निर्णय अपरिपक्क भन्दै मैदान बाहिर गएका थिए तर अन्तत खेलमा फर्किएका मैदी यूनाईटेडका खेलाडी । यस्तै Ignis Football Club मलेखुका खेलाडीहरुले पनि रेफ्रिको निर्णय अपरिपक्क र पितलो भएको आरोप लगाएका थिए ।
भोलि बिहान ७ बजे हुने खेलमा Ignis Football Club मलेखु र मैदी यूनाईटेड तेश्रोको लागि र बिहान ९ बजे हुने प्रथमको लागि आयोजक नेवि संघ र धादिङ समाज धादिङ बीच हुने छ ।