धादिङबेसी माघ २० । धादिङबेसीमा नेपाल विद्यार्थी संघले गरेको ५० हजार पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिताको सेमिफाईनल सम्म आई पुग्दा एउटै क्लवका २ खेलाडीहरु समान अंकका साथ उत्कृष्ठ गोल कर्ताको सुचिमा छन् ।
माघ २२ गते सम्पन्न हुने यस प्रतियोगितामा धादिङ समाज धादिङ DSD का कप्तान गोपी भण्डारी र अनमोल भण्डारी ७-७ गोल गर्दै उत्कृष्ठ गोल कर्ताको रुपमा कायम छन् ।
खेलको सुरुवात देखि नै राम्रो खेल प्रस्तुत गरि रहेका धादिङ समाज धादिङ DSD का खेलाडीहरु सेमी फाईनल खेल शुक्रबार मैदी यूनाईटेड सँग दिउँसो ३ बजे आमने सामने भिड्दै छन् ।