धादिङबेसी माघ २० । नेपाल विद्यार्थी संघ धादिङले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोजिता धादिङबेसीमा जारी रहेको छ ।
आज सम्पन्न भएको क्वाटर फाईनल खेल पार गर्दै धादिङ समाज धादिङ (DSD), Ignis Football Club मलेखु, मैदी यूनाईटेड, आयोजक नेपाल विद्यार्थी संघ सेमी फाईनल प्रवेस गरेका छन् ।
पहिलो सेमिफाईनल खेल शुक्रबार बिहान ९ बजे Ignis Football Club मलेखु र आयोजक नेवि संघ बीच हुनेछ भने अर्काे दिउँसो ३ बजे धादिङ समाज धादिङ र मैदी यूनाईटेड बीच हुने आयोजक नेवि संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
जिल्ला भरिबाट २९ टिमले भाग लिएको धादिङबेसीमा जारी फुटबल र १७ टिम सहभागी रहेको धुँवाकोटमा जारी प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार रहेको हो ।
आजको खेल नतिजा धादिङबेसीको
आज सम्पन्न भएको क्वटर फाईनलको पहिलो खेलमा क्ष्नलष्क ँययतदबिि ऋगिद मलेखु र चन्द्रोदय युवा क्लव सत्यदेवि बीच भएको थियो । Ignis Football Club मलेखुले चन्द्रोदय युवा क्लव सत्यदेविलाई १० गोल हान्दै सेमिफाईनल प्रबेस गरेको थियो ।
वनदेवि युवा क्लवलाई २ गोल हान्दै क्वाटर फाईनल प्रवेस गरेको चन्द्रोदय युवा क्लव सत्यदेविले Ignis Football Club मलेखु विरुद्ध १ गोल पनि फर्काउन नसकी लज्जस्पद हार बेहोर्दै खेलबाट बाहिरिएको छ ।
त्यसै गरी विहान भएको दोस्र्रो क्वाटर फाईनल खेलमा मैदी यूनाईटेडले धुनिबेसी युवा क्लवलाई हराएको छ । खेलको अनितम ५ मिनेट बाँकी हुँदा बराबर २ गोल रहेको स्थितिलाई पार गर्दै अन्तिम समयमा आएर मैदी यूनाइटेडले ३ गोल गर्दै सेमी फाईनल प्रवेस गरेको हो ।
आज भएको तेश्रो क्वाटर फाईनल खेलमा धादिङ समाज धादिङ (DSD)ले सरस्वती मावि धुवाँकोटलाई ८ गोल हान्दै सेमिफाईनल प्रवेस गरेको छ । दुईखेल जितेर आएको सरस्वती मावि धुँवाकोटले १ गोल पनि गर्न नसकि ८ गोलको सामना गर्दै खेतबाट बाहिरीयो ।
आज भएको चौथोे क्वाटर फाईनल खेलमा आयोजक नेपाल विद्यार्थी संघले सेमजोङ युवा क्लवलाई ४ गोल गर्दै सेमजोङ युवा क्लवलाई १ गोलमा सिमित पार्दै सेमिफाईनल प्रवेस गरेको छ ।
आजको खेल नतिजा धुवाँकोट सुमन अधिकारी/मेलिना लामा
धूवाँकोट गाउँ विकास समितिको वडा नं १ पात्लेमा माघ १६ गते देखि तेस्रो मान बहादुर तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता जारी छ ।
आज भएको पहिलो खेलमा डब्जोङ युबा क्लब सेमजोङले पात्ले सेवा युवा क्लवलाई २–० को अन्तरले पराजित गरिएको थियो ।
दोस्रो खेलमा जनआवाज युवा क्लब माने बि र नव स्टार युवा क्लव बिचको खेल ० गोलमै टुगिंएको थियो ।
त्यस्तै मान बहादुर प्रतिष्ठानले र मेलमिलाप युबा क्लब घोर्मुलाई १–० को गोलको अन्तरमा जित हासिल गर्न सफल भएको थियो ।
यसै गरि विद्यार्थी उपकार सघंले फलाटे युवा क्लवलाई १– ० गोलको अन्तरमा पराजित गरेको छ भने नवस्टार युवा क्लवले मेलमिलाप युवा क्लवलाई २–० को अन्तरमा जित हासिल गर्न सफल भएकको थियो ।
फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार ट्रफी, मेडल प्रमाणपत्र,द्धितिय हुने टिमलाई रु २५ हजार ट्रफी, मेडल प्रमाणपत्र र तृतिय हुने टिमलाई रु ७ हजार ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार रहेको छ ।