धादिङबेसी माघ २० । नेपाल विद्यार्थी संघ धादिङले आयोजना गरेको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोजिता धादिङबेसीमा जारी रहेको छ ।
आज देखि सुरुभएको क्वटर फाईनलको पहिलो खेलमा Ignis Football Club मलेखुले चन्द्रोदय युवा क्लव सत्यदेविलाई १० गोल हान्दै सेमीफाईनल प्रवेस गरेको छ ।
वनदेवि युवा क्लवलाई २ गोल हान्दै क्वाटर फाईनल प्रवेस गरेको चन्द्रोदय युवा क्लव सत्यदेविले Ignis Football Club, मलेखु विरुद्ध १ गोल पनि फर्काउन नसकी लज्जस्पद हार बेहोर्दै खेलबाट बाहिरिएको छ ।
त्यसै गरी आजै विहान भएको अर्को क्वाटर फाईनल खेलमा मैदी यूनाईटेडले धुनिबेसी युवा क्लवलाई हराएको छ । खेलको अनितम ५ मिनेट बाँकी हुँदा बराबर २ गोल रहेको स्थितिलाई पार गर्दै अन्तिम समयमा आएर मैदी यूनाइटेडले ३ गोल गर्दै सेमी फाईनल प्रवेस गरेको हो ।
फाईनलका लागि दावेदारको रुपमा हेरिएको धादिङ समाज धादिङ (DSD) को क्वाटर फाईनलखेल आज दिउँसो १ बजे धादिङबेसी टुँटिखेलमा हुने आयोजक नेवि संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।