धादिङको २ ठाउँमा फुटबल जारी दुबैको पुरस्कार राशी ५० हजार (खेल अपडेट)

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७३

धादिङबेसी माघ १९ । धादिङबेसीमा जिल्ला स्तरीय र धादिङ जिल्ला कै धुवाँकोट गाविसमा खुल्ला जिल्ला स्तरीय अन्तर क्लव फुटबल प्रतियोगिता जारी रहेको छ ।

जिल्ला भरिबाट २९ टिमले भाग लिएको धादिङबेसीमा जारी फुटबल र १७ टिम सहभागी रहेको धुँवाकोटमा जारी प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार रहेको हो ।

आजको खेल नतिजा धादिङबेसीको
बुधबार बिहान भएको खेलमा सेमजोङ युवा क्लवले गणेश हिमाल क्याम्पसलाई २-० को गोल अन्तरले हराएको थियो । बिहानै भएको अर्को खेलमा सत्यदेवि युवा समाजले, वनदेवि युवा क्लवलाई २-० कै गोल अन्तरले हराएको थियो ।
यस्तै बुधबार दिउँसो भएको खेलमा सरस्वती मावि धुवाँकोटले सुनौला भैरवी माविलाई २-१ को गोल अन्तरले हराएको थियो भने आजको अन्तिम खेल पञ्चकन्या मावि साँङ्कोसलाई धुनिबेसी युवा क्लव नौविसेले ०-१ को गोल अन्तरले हराएको थियो ।

OLYMPUS DIGITAL CAMERA

आजको खेल नतिजा धुवाँकोट मेलिना लामा
पहिलो खेलमा कुपा यूवा क्लब र फलाटे यूवा क्लब दुबै टिम ० गोलमै टुगिंएको थियो ।
दोस्रो खेलमा सेल्ले यूवा क्लबले साईकोले युवा क्लबलाई २–० गोलले पराजित गर्यो ।
त्यस्तै म्हेन्दोफोले काउले युबा क्लब र मान बहादुर प्रतिष्ठान बीच पनि ० गोलमै टुगिंएको थियो ।
डब्जोङ युबा क्लब सेमजोङले जनआवाज युवा क्लब माने बि लाई १–० गोलले पराजित गरेको थियो ।
दार्खा युबा क्लबलाई मेलमिलाप युबा क्लब घोर्मुले २–० गोलको अन्तरमा जित हासिल गर्न सफल भएको थियो ।