धादिङबेसीमा खगोल विज्ञान अवलोकन तथा प्रदर्शनी (तस्वीर समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७३

धादिङबेसी माघ १८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमी धादिङले एज्मा मिडियाको सहयोगमा खगोल शास्त्र विज्ञान सम्बन्धी प्रर्दशन गरेको छ ।

एड्भान्स एकेडेमी प्राङ्गणमा मंगलबार १० बजेबाट सुरु गरेको प्रदर्शनीमा एज्मा मेडियाको अध्ययन उपकरण, विद्यालयका शिक्षक तथा विद्यार्थीले निर्माण गरेका रकेट, टेलिस्कोप, रोवोट, यन्त्र उपकरणहरु प्रदर्शन गरिएको थियो ।

एक पटकमा ७५ जना अट्ने बेलुन भित्र राखेर ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अवलोकन गराईएको थियो ।