धादिङबेसी र धुवाँकोटमा फुटबल प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार

Avatar photo
Dhadingpost
आइतवार, माघ १६, २०७३

धादिङबेसी माघ १५ । धादिङबेसीमा जिल्ला स्तरीय र धादिङ जिल्ला कै धुवाँकोट गाविसमा खुल्ला अन्तरक्लव फुटबल प्रतियोगिता सुरु भएका छन् ।

जिल्ला भरिबाट २९ टिमले भाग लिएको धादिङबेसीमा जारी फुटबल र १७ टिम सहभागी रहेको धुँवाकोटमा जारी प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार रहेको हो ।

धुवाँकोटको खेल अपडेट

आज भय को २ खेल मा बिध्याथी उपकार संघ र कुपा युवा क्लवको खेलमा बिद्यार्थी उपकार संघ २-१ ले बिजयी भयो । यस्तै दोश्रो खेल मा जनआज युवाक्लब माने र जुरेथुम युवाक्लब को बिच खेल मा ४-० का साथ जनआवाज युवाक्लब बिजयी भएको धुवाँकोटबाट सुमन अधिकारीले जानकारी दिनु भयो ।

धादिङको खेल अपडेट

धादिङबेसीमा जारी प्रतियोगितामा आज भएको तेश्रो दिनको खेलमा Ignis Football Club, Malekhule ले सिम्लेलाई ६–० ले  हराएको छ भने लापा युवा क्लवले नीलकण्ठ क्याम्पसलाई १–० को गोल अन्तरले हराएका थियो ।

त्यसैगरी सल्यानटार युवा क्लवले चन्द्रोदय क्याम्पस बेनीघाटलाई ट्राईवेकरमा हरायो भने सरस्वती उच्चमावि धुवाँकोटले धादिङबेसी स्थित सुनगाभा एकेडेमीलाई १–० ले जितेको थियो । यस अघि भएका खेलहरुमा नेवि संघ धादिङले दार्खा समाजलाई ६–० ले, धादिङ समाज धादिङ (DSD) ले दार्खा युवा समाजलाई ९–१ ले हराएको थियो ।

यस्तै नीलकण्ठ उच्च माध्यामिक विद्यालयले १–० ले पञ्चकन्या साँकोषलाई, सेमजोङ युवा क्लव र वाइज युनाईटेड सितलबजार धादिङबेसीले ३–३ गोल गरे पछि ट्राईबेकरमा पुगेका थिए ट्राईबेकरमा ५–३ ले सेमजोङ युवा क्लव विजयी भएको थियो । यसैगरी गरी चिल्ड्रेनपार्क मावि र मैदी युनाईटेड बीचको खेल मैदीले ६–१ ले जितेको थियो ।

नेवि संघ धादिङद्वारा आयोजित धादिङमा जारी खेल माघ २२ गते एक औपचारीक कार्यक्रमका बीच समापन गरिने बतार्ईको छ, भने बिधर्थी उपाकार संघ र मान बहादुर स्मृती प्रतिष्ठानद्वारा धुवाँकोटमा आज देखि सुरुभएको खेल माघ २४ गते समापन गरिने छ ।

धादिङबेसीमा भएको प्रतियोगिताको आयोजक नेपाल विद्यार्थी संघ धादिङका जिल्ला अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्ट सँग कुरा गर्दै खुल्ला फुटबल प्रतिको युवा मोह अत्याधिक रहेको र नेपाल विद्यार्थी संघले गर्ने विविन्न कार्यक्रम अनुसार फुटबल आयोजना गरेको बताउनु भयो ।

फुटबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दितिय हुनेलाई ३० हजार र सान्तोना हने टिम लाई २० हजार नगद पुरस्कार दिईने समेत अध्यक्ष अधिकारीले बताउनु भयो । प्रतियोगिता माघ २२ गते सम्म जारी रहने छ ।