धादिङबेसीमा ५० हजार राशी रहेको फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७३

fottball-dhading

धादिङबेसी माघ १५ । धादिङबेसीमा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरुभएको छ ।

जिल्ला भरिबाट २८ टिमले भाग लिएको यस प्रतियोगिता नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले आयोजना गरेको हो ।

शुक्रबार उद्घाटन गरिएको प्रतियोगितामा पहिलो खेल नेवि संघ धादिङले दार्खा समाजलाई ६-० ले हराएको थियो । यसैगरी दोस्रो दिन शनिबार (आज) धादिङ समाज धादिङ (DSD) ले दार्खा युवा समाजलाई ९-१ ले हराएको थियो ।

यस्तै आजै भएका खेलहरुमा नीलकण्ठ उच्च माध्यामिक विद्यालयले १-० ले पञ्चकन्या साँकोषलाई हरायो, त्यस्तै सेमजोङ युवा क्लव र वाइज युनाईटेड सितलबजार धादिङबेसीले ३-३ गोल गरे पछि ट्राईबेकरमा पुगेका थिए ट्राईबेकरमा ५-३ ले सेमजोङ युवा क्लव विजयी भएको थियो । त्यसैगरी अजै भएको चिल्ड्रेनपार्क मावि र मैदी युनाईटेड बीचको खेल मैदीले ६-१ ले जितेको थियो ।

नेपाल विद्यार्थी संघ धादिङका जिल्ला अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्ट सँग कुरा गर्दै खुल्ला फुटबल प्रतिको युवा मोह अत्याधिक रहेको र नेपाल विद्यार्थी संघले गर्ने विविन्न कार्यक्रम अनुसार फुटबल आयोजना गरेको बताउनु भयो ।

फुटबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दितिय हुनेलाई ३० हजार र सान्तोना हने टिम लाई २० हजार नगद पुरस्कार दिईने समेत अध्यक्ष अधिकारीले बताउनु भयो । प्रतियोगिता माघ २२ गते सम्म जारी रहने छ ।