न्यु किबो बोडिङ स्कुलको १५ औं खेलकुद महोत्सव सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ १३, २०७३

सञ्जय देवकोटा,
धादिङबेसी माघ १३ । धादिङबेसी स्थित न्यु किबो बोडिङ स्कुलको १५ औं खेलकुद महोत्सव सम्पन्न गरेको छ ।

हरेक वर्ष विद्यार्थी र अभिभावकहरुलाई समेत समेटेर आयोजना गर्ने यस महोत्सवको आज एक औपचारिक कार्यक्रमका बीच पुरस्कार बितरणका साथ सम्पन्न भएको हो ।

बिद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी सोभाकर रेग्मी रहनुभएको थियो ।

खेलकुद महोत्सवमा ४ दिनमा ६० वटा भन्दा बढी खेल भएको थियो । खेलहरूमध्य फुटबलमा पहेंलो सदन प्रथम, निलो सदन द्धितिय तेस्तै ३००० मिटर मिनी म्याराथनमा छात्रतर्फबाट हरियो सदनका सुवास तामाङ प्रथम, पहेलो सदनका प्रसान्त श्रेष्ठ द्धितिय , निलो सदनका पारष गुरूङ तृतिय हुन सफल भएका थिए ।

त्यस्तै छात्रातर्फबाट पहेँलो सदनकी पूणिमा केसी प्रथम, रातो सदनकी रिया श्रेष्ठ द्धितिय र निलो सदनकी किशोरी ढकाल तृतिय भएकी थिइन् । आजै भएको भलिबलको फाईनलमा रातो सदन प्रथम, निलो सदन द्धितियभएको थियो । अविभावकहरूको निम्ति खेलाइएको म्युजिकल चियर खेलमा शुशिला दनै तृतीय , सङ्गिता घले द्धितिय र देबका शर्मा प्रथम भएका थिए ।