अमृत तामाङ,
धादिङ माघ ६ । धादिङ जिल्ला स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को लागि क्षेत्रिय स्तरको छनौट प्रतियोगिता सुरु भएको छ ।
अन्तर माध्यमिक विद्यालय स्तरीय हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्रिय प्रतियोगिता अन्तरगत धादिङ क्षेत्र नं. २ स्तरिय प्रतियोगिता नलाङमा सुरु भएको हो ।
नलाङ मोडेल एकेडेमी नलाङ ५ ज्यामिरस्वाँरा धादिङले आयोजना गरेको यस प्रतियोगितामा क्षेत्र नं. २ का सरकारी माध्यमिक विद्यालयहरुले भाग लिई रहेका छन् ।
विभिन्न विधाका खेलहरुलाई प्रतियोगितामा समावेस गरिएकोका छात्रा भलिबल र छात्र कबड्डी सकिएको छ । जसमा सत्यदेवी उच्चमावि आदमटार प्रथम, नीलकण्ठ उच्च मावि नीलकण्ठ द्धितिय, कालिदेवि मावि सलाङ तृतिय र बाल मन्दिर मावि नीलकण्ठ सन्तोना भएको थियो ।
कवड्डी तर्फ बाल मन्दिर प्रथम, नीलकण्ठ उच्च मावि द्धितिय, सत्यवती उच्चमावि आदमटार तृतिय र अमर आदर्शमावि सान्तोना भएका थिए ।
जारी रहेका सबै खेलहरु शुक्रबारसकिने र भव्य समापन समारोहका बी सबै खेलका अंक नतिजा जोडी विजेता घोषणा गरिने आयोजकले बताएको छ । धादिङका ३ वटै क्षेत्रबाट छनौट भएका विद्यालय र खेलाडीहरु बीच जिल्ला स्तरीय प्रतियोगिता माघ २७ गते देखि सुरु हुने छ ।