ज्यामरुङ फुटबल तथा भव्य सास्कृतिक कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, माघ ५, २०७३

jyamarungप्रशान्त ढाउन्या,
धादिङ माघ ४ । ज्याम्रुङ गाउँ विकास समिति वडा नं ३ सिम्लेमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

माघे सक्रान्तिको अवसरमा पौष २८ गते देखि सञ्चालन गरिएको फुटबल प्रतियोगिता भव्य साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

वडा नागरिक मञ्चका अध्यक्ष दल बहादुर लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टुकी नेपाल समाजका अध्यक्ष कमल सापकोटाको प्रमुख आतिथ्यता तथा राजु बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्लवलाई आगमी दिनहरुमा आफनो तर्फबाट तथा सस्थागत रुपमा ज्याम्रुङको हरेक क्षेत्रमा आफुले सक्दो सहयोग गरिने कार्यक्रमका प्रमुख आतिथि कमल सापकोटाले बताउनुभएको थियो ।

बाह्र टिमको प्रतिस्पर्धा रहेको प्रतियोगितामा चन्द्र सूर्य युव क्लव (बि) तृतियलाई ट्रफी,मेडल र प्रमाणपत्र , चन्द्र सूर्य युव क्लव (ए) द्धिदियलाई नगत रु ५ हजार,ट्रफी,मेडल र प्रमाण र मन्जु श्री युव क्लव प्रथमलाई नगत रु १० हजार, ट्रफी,मेडल र प्रमाणद्धारा पुरस्कृत गरिएका थिए । त्यस्तै क्लवलाई सहयोग गर्ने २० जनालाई प्रशसंपत्र दिएर सम्मान गरि थियो ।