बाल क्लवको कविता वाचनमा मञ्जु विक प्रथम

Avatar photo
Dhadingpost
शनिबार, पुस २, २०७३

धादिङ, त्रिपुरेश्वर पौष २ । श्री अचने माध्यमिक विद्यालयमा राष्ट्र र राष्ट्रियता भन्ने शिर्षकमा भएको कविता वाचनमा मञ्जु विक प्रथम भएकी छिन् ।

श्री अचने माध्यामिक विद्यालयको बाल क्लबद्धारा शुक्रबार आयोजना गरिएको प्रतियोगितामा ६ जना छात्र ÷छात्रा सहभागी भएका थिए जसमा कक्षा १० कि छात्रा मञ्जु विक प्रथम, कक्षा ९ कि छात्रा बिस्मा पुडासैनी द्धितिय, कक्षा १० को छात्र विकास अधिकारी तृतिय र कक्षा ९ कि छात्रा रन्जु श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका थिए ।

बाक्लबका अधक्ष्य रन्जिीता अधिकारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविदत्त सापकोटाको प्रमुख आतिथ्यता रहेकोथियो । कार्यक्रममा शिक्षक, अभिभावक,विद्यार्थीको उपस्थीती रहेको थियो । प्रतियोगितामा सफल हुने छात्र ÷छात्रा लाई शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो ।