अब ग्रामीण सडक पनि गुगल म्यापमा

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

धादिङ मंसिर ३

rural-road

नेपालका ग्रामीण सडक पनि अब विश्वभरबाट हेर्न सकिने भएको छ ।

सरकारले मुलुकका ७५ वटै जिल्लाका गाउँगाउँमा बनाएका सडक पनि गुगल म्यापमा खोज्न मिल्ने बनाइरहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले मुलुकभरका करिब ५६ हजार किलोमिटर सडक भौगोलिक सूचना प्रणाली डाटाबेस तयार पारेर गुगल म्यापबाट खोज्न मिल्ने गरी बनाइरहेको आजको अन्नपूर्णमा समाचार छ ।

विभागको ग्रामिण कृषि सडक शाखा प्रमुख जीवन गुरागाईले मुलुकका अन्य सडकजस्तै ग्रामीण सडकको डिजिटलाइज्ड गर्ने काम भइरहेको जानकारी दिए ।