विश्वकप छनौटमा पोर्चुगल र बेल्जियमको फराकिलो जित

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

धादिङ कात्तिक २९-

fotball

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् ।

आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४-१ ले हरायो ।

विश्वकप छनौट अन्तर्गत अफ्रिकी समुहका खेलहरुमा ईजिप्टले घानालाई २-० ले हराँउदा प्रजातान्त्रिक गणतन्त्र कंगोले गिनियालाई २-१ ले पराजित गरेको छ ।

यही समुहका अन्य खेलहरुमा हंगेरीले एण्डोरालाई ४-० ले हराँउदा स्विट्जरल्याण्डले फारो आईल्याण्डलाई २-० ले पराजित गर्‍यो ।

यता समुह एच को खेलमा बेल्जियमले ईस्टोनियालाई ८-१ ले हरायो ।

यही समुहका अन्य खेलहरुमा साईप्रसले जिब्रल्टारलाई ३-१ ले हराँउदा ग्रिस र बोस्नीया हर्सगोभिजाले १-१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह ए का खेलहरुमा नेदरल्याण्ड्सले लक्जेम्बर्गलाई ३-१ ले हराँउदा बुल्गेरियाले बेलारुसमाथि १-० को जीत निकालेको छ ।