आज एक करोड डलर नेपाल भित्रिदैं

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

धादिङ कात्तिक २९-

dollor

नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) सोमबार नेपाल आइपुग्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो ।

‘राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । उक्त डलर सोमबार नेपाल आउँदै छ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने । –कान्तिपुर दैनिकबाट