युरोपेली ह्याकरबाट ३ हजार एटिएम कार्ड ह्याक

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

धादिङ कात्तिक २९-

atm

नेपालमा पक्राउ परेका तीनवटा युरोपियन समूहले तीन हजारभन्दा धेरै एटिएम ह्याक गरिसकेको प्रहरीले जनाएको छ । जसमध्ये पाँच सयभन्दा धेरै नेपालीको रहेको प्रहरी अनुमान छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छुट्टाछुट्टै घटनामा दुई टर्किस, तीन रोमानियन र एकजना बुल्गेरियन नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिसकेको छ ।

अनुसन्धानका क्रममा उनीहरुबाट तीन हजारभन्दा धेरै व्यक्तिको एटिएमको डाटा र पिन नम्बर बरामद भएको छ ।

डाटा ह्याक गरी नक्कली कार्डमार्फत पैसा निकाल्न उनीहरु नेपाल आएका थिए । –नयाँ पत्रिका दैनिकबाट