सरकारबाट उपचार खर्च लिएकी सुजातासँग कति छ सम्पत्ति

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

धादिङ कात्तिक २९-

sujata

माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाको सम्पत्तिबारे सरकार अनभिज्ञ छ ।

मन्त्री हुँदा उनले सरकारी नियम उल्लंघन गर्दै सम्पत्ति विवरण बुझाइनन् । जसबापत उनले पाँच हजार जरिवाना तिरिन् ।

पहिलो संविधानसभामा सभासद हुँदा पनि उनले सम्पत्ति विवरण बुझाएकी थिइनन् । त्यसबापत पनि उनले जरिवाना तिरिन् ।

जरिवाना तिर्ने तर सम्पत्ति विवरण नबुझाउने कारण के हो ? सरकारलाई पनि थाहा छैन ।

सुजाताले आफ्नो उपचारका लागि सरकारसँग पैसा नमागेको उनका स्वकीय सचिव लक्ष्मण थपलियाले दाबी गरेका छन् । जग्गा बेचेर उपचार गर्न खोजे पनि सरकारले नै खर्च दिन खोजेको उनको भनाइ छ । –नयाँ पत्रिका दैनिकबाट