धादिङ कार्तिक २७-
प्रमुद दलबीच चैतभित्र स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृह मन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरणको तयारी थालेको छ ।
निर्वाचन अघि घुम्ती शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहेन पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको छ ।
देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकले सहजै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
गृहस्रोतका अनुसार प्रमुख दलबीच आगामी चैतमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति जुटेलगत्तै गृहले घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम अघि बढाएको हो ।
निर्वाचन आयोगस्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र गृहमन्त्री विमलेन्द्र निधिबीच घुम्ती शिविर पडाएर नागरिकता वितरण गरेपछि मात्रै उक्त जिल्लमा मतदाता नामावली संकलन गर्ने कार्यक्रम तय भएको छ ।
तराईका सहित बाँकी जिल्लामा पुस १५ देखि अभियानकै रुपमा नागरिकता वितरण गर्ने तयारी गृहको छ ।