जिरो प्लस टु खारेजी हुने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २६, २०७३

धादिङ कात्तिक २६-

2

अबको १८ महिनापछि देशभरका ११ र १२ कक्षा मात्र सञ्चालन गरेका उच्चमावि खारेज हुने भएका छन्। केही दिनपछि जारी हुने शिक्षा नियमावलीले यस्तो व्यवस्था गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीमा कक्षा ११ र १२ मात्रै सञ्चालन गरेका उच्च माविहरूले अनिवार्य रूपमा ९ र १० कक्षा सञ्चालन अनुमति लिने विशेष व्यवस्था  गर्न लागेको हो। शिक्षा नियमावलीको १३ को अनुसूचीको ‘क’ मा साविकको कानुनबमोजिम कक्षा ११ र १२ को सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरूले २०७५ चैत मसान्तभित्र कक्षा ९ र १० को अनुमति लिइसक्नु पर्नेछ।

उक्त समयभित्र अनुमति नलिने त्यस्ता विद्यालयको अनुमति रद्ध हुने उल्ले गरेको छ।

शिक्षा ऐन आएको चार महिनापछि जारी हुन लागेको नियमावलीमा कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा उल्लेख गरेपछि शिक्षा मन्त्रालयले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भएको बताउँदै जिरो प्लस टुलाई कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति दिन लागेको हो।