धादिङ कार्तिक २६-
संविधान संशोधन विधेयक तत्काल दर्ता गनए संघीय लोकतान्त्रिक मधेसी मोर्चाको दबाब खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसका पक्षमा संसदमा दुईतिहाइ मत जुटाउन सफल भएका छैनन् ।
मधेसकेन्द्रित दलको मागअुनसार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न प्रमुख प्रतिपक्षी एमालेसँग समर्थन खेज्न बिहीबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भएको बैठक अनिर्णीत टुंगिएको आजको अन्नपूर्णमा समाचार छ ।
अोलीले भेटकै क्रममा संशोधन किन र केका लागि प्रस्ट पार्न भनेपछि संशोधनको भविश्य अनिश्चित बनेको छ । प्रधानमन्त्री प्रचण्डले कात्तिक मसान्तत्रिै संशोधन प्रस्ताव संसदमा टेवल गर्न अनुमति मागेका थिए ।