फागुनसम्म राष्ट्रपतिले भारत भ्रमण गर्ने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २४, २०७३

कात्तिक २४-

bhandari

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् । यो खबर  आजको नयाँ पत्रिकाबाट लिएका हौ।

हालै मात्र १८  वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन्। ‘मुखर्जीको भ्रमण सफल भएको छ, अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’