धादिङ कात्तिक १९ । अब दलहरु आफ्नो अडानमा हैन समाज विकासको लागि सहमतिय राजनीति अहिलेको आवश्यक रहेको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताउनु भएको छ ।
धुँवाकोटमा आयोजित जिल्ला स्तरीय फुटबल समापन गर्दै मुलुक समृद्धी एकताले मात्र सम्भव रहेको भन्दै सबै दलको समान सहभागिताले मात्र सम्भव रहेको बताउदै यस्तो बताउनु भएको हो ।
माशन्कर युवा समाज धुवाकोटले आयोजना गरेको शुभ दिपावली को मैत्रीपुर्ण खुल्ला नकाउट फुटबल प्रतियोगिता गते १३ गते देखि संचालन गर्रिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिम विद्यार्थी उपकार संघ धुवाँकोट पात्लेलाई २५ हजार, दितिय स्थान प्राप्त गर्ने टिम लपाङ टाइगर युवा समाज कटुन्जे लाई १५ हजार र सान्तोना स्थान प्राप्त गर्ने टिम जनाआवाज युवा समाज , कुपा युबा समाजलाई नगद रु ५हजार प्रदान गरिएको थियो ।
२४ टीम भागले भाग लिएको प्रतियोगिता समापन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकार सहितको सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।