सुमन अधिकारी,
धादिङ धुवाँकोट कात्तिक १३ । धुवाँकोटमा दिपावलीको अवसरमा जिल्ला स्तरीय नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
भिमाशन्कर युवा समाज धुवाकोटले आयोजना गरेको शुभ दिपावली को मैत्रीपुर्ण खुल्ला नकाउट फुटबल प्रतीयोगीता आज समाज सेवी टैकनाथ वस्तीकोले उदुघाटन गरे पछि सुरु भएको हो ।
भीमासन्कर युवा समाज का अध्यक्ष मिनानाथ खतीवडा को सभापतित्वमा भएको उद्घटन कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न १ का सदस्य टीकाराम बस्ताकोटी को विशेष आतीथ्यता, ने क पा माओबादी केन्द्र धुवाकोट का अध्यक्ष नमराज दुवाडी, नेपाली काङ्ग्रेस धुवाकोट सभापति सन्तोष बास्ताकोटी, सरस्वती उ मा बि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद दाहाल, धुवाकोट बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष छम बहादुर दाहाल लगायत विभिन्न संघसस्थाका प्रतिनिधिको आतीथ्यता रहेको थियो ।
२४ टीम भाग लिने प्रतियोगिताको समापन, राष्ट्रिय तथा स्थानिय कलाकार सहितको सास्कृतिक कार्यक्रमका बीच हुने आयोजक संस्थाका सन्तोष बस्ताकोटीले बताउनु भयो ।