भारतीय राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १३, २०७३

धादिङ कात्तिक १३-

bhandari

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । यो खबर आजको राजधानीमा छापिएको छ।

छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी हुन्।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपालको औपचारिक भ्रमणका लागि आउँदैछन् । सोही दिन सरकारले सार्वजनिक विदा पनि दिने निर्णय गरेको छ ।

जनस्तरबाट तीब्र आलोचना भएपछि यो विदाको विषयमा पनि राष्ट‍्रपति र प्रधानमन्त्रीको कार्यालयले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट‍्रपति, दलका नेता र सुरक्षानिकायको पनि सल्लाहमा यो विदाको निर्णय भएको बताउँदै आफूलाई मात्र दोषी नदेख्न आग्रह गरिरहेका छन् ।