देउवाले दिल्लीमा मोदीलाई भेट्ने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १२, २०७३

धादिङ कात्तिक १२-

deuba-vs-modi

कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदखै छन् ।

त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता  गर्ने कार्यक्रम रहेको छ । गोवामा हुने एक सेमिनारमा सहभागी भएपछि देउवा राजनीतिक भेटघाटका लागि दिल्ली पुग्नेछन् ।

सभापति देउवालाई सेमिनारमा निम्तो गर्न इन्डिया फाउन्डेसन प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टी को ‘थिंक ट्यांक’ भएको आजको नयाँ पत्रिकामा समाचार छ ।

१९ कात्तिकमा गोवामा हुने समेमिनारमा सहभागी भएपछि देउवाले दिल्ली पुगेर २१ देखि २३ कात्तिकसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छन् ।

देउवाले भाजपा अध्यक्ष अमित साह, महासचिव राम माधवसहित कांग्रेसका शीर्ष नेताहरुसँग पनि छलफल गर्नेछन् ।