सोलिडारिटी कपका लागि नेपाली टिमको घोषणा

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ९, २०७३

धादिङ कात्तिक ९-

nepal-football-team

कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक भएको छ ।नेपाली टिम कात्तिक १४ गते औंसीका दिन मलेसिया जाँदैछ ।

२३ जनाको फाइनल सूचीमा ३ गोलकिपर, ८ डिफेन्डर, ६ मिडफिल्डर र ६ फरवार्ड परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धरले छनोट गरेका खेलाडीमा गोलकिपरमा बिकेश कुथु, किरणकुमार लिम्बू र विशाल श्रेष्ठ रहेका छन् ।

त्यस्तै, डिफेन्डरमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रन्जित धिमाल रहेका छन् ।

त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, राजेन्द्र रावल र सुजल श्रेष्ठ रहेका छन् ।

त्यस्तै, फरवार्डमा विमल घर्तीमगर, रन्जन विष्ट, अनिल गुरुङ, सुमन लामा, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।

अन्तिम ३० जनाबाट गोलकिपर एलन न्यौपाने, मिडफिल्डर सुनील बल र डिफेन्डरहरु मानबहादुर तामाङ, दिनेश राजवंशी र जितेन्द्र कार्कीले भने टिममा ठाउँ बनाउन सकेनन् ।

त्यस्तै, घाइते भएका कारण प्रकाश बुढाथोकी र विकास तामाङ पनि टिममा अट्न सकेनन् ।

समूह ‘ए’मा रहेको नेपालले कात्तिक २० गते टिमोर लिस्टेसँग तथा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।