मुकुन्दसेन स्मृति फुटवल प्रतियोगिताको फाईनल खेल आज हुदै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ९, २०७३

धादिङ कात्तिक ९-

5

सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राजभण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ ।
कार्तिक ५ गते नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उदघाटन गर्नु भएको सो प्रतियोगितामा १५ टिमको सहभागिता  रहेको थियो ।
हिजो पहिलो सेमिफाईनल खेलमा धादिङ समाज धादिङ र साङकोष युवा क्लव विच  भएको थियो । सो खेलमा  धादिङ समाज धादिङले साङकोष युवा क्लवलाई ७ ०को विशाल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो  ।

आज  पहिलो तथा अन्तिम सेमिफाईनल खेलमा मलेखु र पात्ले युवा क्लव बिच हुने आयोजकले जानकारी दिएको छ । विजेताले   आज  नै उपाधिका लागि धादिङ समाज धादिङसँग भिडने  आयोजकले जनाएको छ ।
विजेताले  चालीस हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र र  उपविजेताले पच्चीस हजार नगद सहित ट्रफि सहित प्रमाण पत्र पाउने छन ।