सुनौलाबजारमा जारी मुकुन्दसेन स्मृति फुटवल प्रतियोगिताको फाईनल खेल भोली हुने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ८, २०७३

केशव सिंखडा
सुनौलाबजार धादिङ कात्तिक ८-

5
सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राजभण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको फाईनल खेल कार्तिक ९ गते भोली हुने भएको छ ।
कार्तिक ५ गते नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उदघाटन गर्नु भएको सो प्रतियोगितामा १५ टिमको सहभागिता  रहेको थियो ।
प्रतियोगिता अन्र्तगत सोमबार आज पहिलो क्वाटरफाईनल खेलमा मलेखु र तातोपानी युवा क्लव झार्लाङ विच भएको थियो । सो खेलमा मलेखुले तातोपानी युवा क्लवलाई २ १ को अन्तरले पराजित गरेको थियो ।
त्यस्तै आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा धादिङ समाज धादिङले आयोजक टिमलाई ४२ को अन्तरले आयोजकलाई पराजित गरेको थियो भने तेस्रो खेलमा पात्ले युवा क्लवले आयोजक टिम लाई २० को अन्तरले पराजित गर्दै पात्ले युवा क्लव सेमिफाईनलमा प्रवेश गरेको थियो  ।
आज नै सेमिफाईनलका खेलहरु शुरु भएका छन । आज पहिलो सेमिफाईनल खेलमा धादिङ समाज धादिङ र साङकोष युवा क्लव विच  भएको थियो । सो खेलमा  धादिङ समाज धादिङले साङकोष युवा क्लवलाई ७ ०को विशाल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो  ।
भोली  पहिलो तथा अन्तिम सेमिफाईनल खेलमा मलेखु र पात्ले युवा क्लव बिच हुने आयोजकले जानकारी दिएको छ । विजेताले भोली नै उपाधिका लागि धादिङ समाज धादिङसँग भिडने  भएका छन ।
विजेताले  चालीस हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र र  उपविजेताले पच्चीस हजार नगद सहित ट्रफि सहित प्रमाण पत्र पाउने भएका छन ।