पुरुष खुल्ला भलिबलको उपाधी PSN सलाङले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

अमृत तामाङ,
धादिङबेसी कार्तिक २ । तमु युवा क्लब नलाङले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उपाधी सलाङले जितेको छ ।

विजया दशमीको अवसरमा आयोजित उक्त खुल्ला पुरुष भलिबल प्रतियोगितामा सलाङले खड्कदेवी युवा क्लव मैदीलाई हराउँदै प्रथमको उपाधी जितेको हो ।

असोज २६ गते बृहत साँस्कृतिक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता कार्तिक १ गते सम्म नलाङ ४ खिर्य भञ्झ्याङमा संचालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम PSN स्पोर्टस क्लव सलाङ, द्वितीय खड्कदेबी युवा क्लव मैदी, तृतिय मनकामना समाज सुधार क्लव सलाङ र सान्त्वना नवक्षितिज युवा क्लव नलाङ भएका थिए । पुरस्कृत टिमलाई क्रमस प्रथम ३०, दितिय २०, तृतिय १० र सान्त्वना ५ हजार पुस्कार वितरण गरिएको थियो ।

पुरस्कृत टिम र उत्कृष्ठ खेलाडी

प्रथम : P.S.N sport club , सलाङ
द्वितीय : खड्कदेबी युवा क्लव , मैदी
तृतिय : मनकामना समाज सुधार क्लव सलाङ
सान्त्वना : नवक्षितिज युवाक्लव नलाङ
उत्कृष्ट खेलाडी : P.S.N sport club का खेलाडी बिजय लामा
उत्कृष्ट लिफ्टर : P.S.N sport club का खेलाडी दिलिप थापा
उत्कृष्ट स्पाईकर : P.S.N sport club का खेलाडी युगेस हमाल
उत्कृष्ट ब्लकर : मनकामना समाज सुधारका खेलाडी दल बहादुर थापा

पुरस्कार वितरण तथा खेल समापन कार्यक्रममा, खेल अत्यन्त मर्यादित र अनुशाशित बनाउन सहयोग गर्ने खेलाडी, रेफ्री, दर्शक र आयोजकका तर्फबाट अमृत गुरुङले धन्यावाद दिनु भएको थियो । उहाँले खेलकुद युवाहरुको आकर्षण वढेर र्गको बताउँदै यस्ता आयोजनाहरु नलाङमा भै रहने बताउँदे सामान्य खेलाडी विवाद र अनुशासनका कुरा गौण भएको बताउँदै खेल आयोजना र युवा खेलाडीहरुको सहभागिता महत्वपूर्ण भएको बताउनु भएको थियो ।

भलिबलको राम्रो लगाव रहेको नलाङमा केहि दिन पहिला मात्र चक्रदेवि युवा समाजले क्षेत्रिय भलिबल रेफ्री कोर्स सम्पन्न गरेको थियो ।
चक्रदेवी सेवा समाज, नेपाल नलाङ ५ धादिङ्को आयोजनामा नेपाल भलिबल संघ, जिल्ला खेलकुद बिकास समितिको समान्वयमा क्षेत्रिय भलिबल रेफ्री कोर्स सम्पन्न भएको थियो ।