देबि सिटौला,
धादिङ चैनपुर असोज ३० । बिजयादशमीको अवसरमा आयोजित अन्तर क्लव स्तरीय फुटबल प्रतियोगितामा सालबास यूनाईटेड क्लवले जितेको छ ।
लगनशिल युवा क्लब चैनपुर ४ धारापानीद्वारा आयोजित अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको ऊपाधि सालबास युनाईटेड क्लब चैनपुर ५ ले डाडाँगाउ युवा क्लब सल्यान्टारलाई ट्राई बेकरमा ४-३ गोलअन्तरले पराजित गरि सालबासले जितेको हो ।
खेलमा प्रथम हुने सालबास युनाईटेडले नगद१ ५ हजार, ट्रफि र मेडल, दोस्रा हुने डाडांगाउ युवा क्लब सल्यान्टारले नगद १२ हजार र तृतीय हुने ज्वलन्त सामुदायिक बिकाश समाज मुरलीभन्ज्याङले नगद ८ हजार साथका पुरस्कृत भएका थिए ।
उत्कृष्ट खेलाडी अन्तरगत गोलकर्ता डाडागाऊँ युनाईटेड सल्यान्टारका जोसन खडका तथा उत्कृष्ट गोलकिपर सालबासका रमेश आले मगरले समेत पुरस्कार पाएका थिए । उक्त कार्यक्रमको समापना समारोहका सभापति कृष्ण गिदेल मगर र प्रमुख अतिथि जिल्ला खेलकुद समितिका सचिब कृष्णलाल श्रेष्ठ रहनुभएको थियो ।