सोम श्रेष्ठ,
धादिङ नलाङ असोज २६ । विजया दशमीको अवसर पारेर आजबाट नलाङमा खुल्ला भलिबल प्रतियोगिता सुरुभएको छ ।
तमु युवा समाज नलाङले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता नलाङ ४ खिर्य भञ्झ्याङमा सुरुभएको हो ।
विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमका बीच उद्घाटन गरिएको उक्त भलिबल प्रतियोगितामा प्रथम ३०, दितिय २०, तृतिय १० र सान्त्वना ५ हजार पुस्कार वितरण हुने आयोजकले बताएको छ ।
आजको उद्घाटन खेल आयोजक A र B बीच भएको थियो प्रतियोगितामा १२ टिम सहभागि रहेको आयोजक कमिटिका अमृत गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।
भलिबलको राम्रो लगाव रहेको नलाङमा केहि दिन पहिला मात्र चक्रदेवि युवा समाजले क्षेत्रिय भलिबल रेफ्री कोर्स सम्पन्न गरेको थियो ।
चक्रदेवी सेवा समाज, नेपाल नलाङ ५ धादिङ्को आयोजनामा नेपाल भलिबल संघ, जिल्ला खेलकुद बिकास समितिको समान्वयमा क्षेत्रिय भलिबल रेफ्री कोर्स सम्पन्न भएको थियो ।
अन्तराष्ट्रिय रेफ्री श्री गौतम प्रसाद लासिवाको कोच डिरेक्सनमा सन्चालित ५ दिने कोर्स तालिम धादिङ्, गोर्खा, रसुवा, सिन्धुपाल्चोक्, काठ्मान्डौ, सिन्धुली लगायतका जिल्लाहरुबाट २२ जना ले क्षेत्रिय रेफ्री कोर्स तालिम लिएका थिए । रेफ्रि तालिम लग्गतै भएको यो प्रतियोगिता चासोका रुपमा हेरिएको छ ।