कांग्रेसमा मनोनयन अब दशैंपछि

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २०, २०७३

धादिङ असोज २०-

sherbahadur-deuba

कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् ।

सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् ।

स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् ।

महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न नसकेको समाचार आजको राजधानी दैनिकमा छ ।

पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् ।

सभापति देउवाले दशैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् ।