न्यु धादिङ्ग क्रिकेट क्लब विजयी

Avatar photo
Dhadingpost
बुधबार, अशोज १९, २०७३

प्रमोद भट्ट,
धादिङ, असोज १९ । त्रिपुरेश्वर खेलकुद विकास समिति, धादिङ्ग द्वारा आयोजित दोस्रो दशैं ट्राफि क्रिकेट प्रतियोगिताको उदरघाटन खेल न्यु धादिङ्ग क्रिकेट क्लबले जितेको छ ।

फडिकान्त छत्तकुलिको पमुख आतिथ्यामा सल्यानटारको एक्लोबरमा उद्घाटन समारोह जारी क्रिकेट प्रतियोगितामा सोमबार प्रगतिशिल युथ क्लब बसेरीलाई हराउँदै न्यु धादिङ्ग क्रिकेट क्लबले उद्घटन खेल जितेको हो ।

सहभागि टिमहरु
खहरे क्रिकेट क्लब त्रिपुरेश्वर, बडरे युथ क्लब त्रिपुरेश्वर, सल्यानटार क्रिकेट क्लब ,पाँचधारा क्रिकेट क्लब सल्यानटार, रानि पौवा क्रिकेट क्लब सल्यानटार, आरुघाट टाईगर क्लब, आरुघाट टाईगर, प्रगतिशिल युथ क्लब बसेरी, नेप्लिज एडभान्ड एकेडमि आरुघाट, न्यु धादिङ्ग क्रिकेट क्लब, ब्राइट फ्युचर क्रिकेट टिम धादिङ्ग रहेका छन् ।

उद्घाटन खेलमा न्यु धादिङ्ग क्रिकेट क्लबले पहिलो ब्याटिङ्ग गरेर १६ वोभरमा ८ विकेटको छतिमा सन्जु उप्रतिको ४४ रनको मदतले १४२ बनयो र प्रगतिशिल युथ क्लब बसेर २२ रनमा अलआउट भए पछि न्यु धादिङ्ग क्रिकेट क्लबले १२० रनले विजय भएको थियो ।