धादिङ असोज १२-
राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा पन्चकन्या तेजले लगातार तेस्रो जित हासिल गरेको छ ।
बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कान्तिपुर गोर्खाज्लाई ३४ रनले हराउँदै पन्चकन्याले लगातार तेस्रो जित आत्मसात् गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको शरद भेषावकरको टिम पन्चकन्याले ८ विकेटको क्षतिमा १२९ रन बनायो ।
पुष्प थापाले अविजित ३८ तथा ओपनिङ ब्याट्सम्यान आरिफ शेखले ३२ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा अविनाश बोहराले ४ विकेट लिए ।
जवाफमा कान्तिपुरले ९ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो । म्यान अफ द म्याच दीपेन्द्रसिंह ऐरीले २१ रन खर्चेर ४ विकेट लिए ।
बुधबारै भएको अर्को खेलमा विशाल वारियर्सले जगदम्बा राइनोज्लाई ७ विकेटले हरायो ।
मौसमले प्रभावित भइ १६ ओभरमा झारिएको खेलमा जगदम्बाले ६ विकेटको क्षतिमा ११० रन बनायो । अमित श्रेष्ठले २४ बलमा ३९ रन बनाएको इनिङमा रामनरेश गिरीले ३ विकेट लिए ।जवाफमा डकवर्थ लेविस नियमअनुसार पाएको ११४ रनको चुनौतीलाई विशाल वारियर्सले १३ ओभर ३ बलमै ३ विकेट गुमाएर जित हासिल गर्यो ।
कप्तान पारस खड्काले ३८ बलमा अविजित रहँदै ५६ रन जोडे ।