धादिङ असोज १२-
![nfk|fs uflj;sf e"sDkkLl8tsf c:yfoL 6x/f nfk|fs uflj;sf e"sDkkLl8tsf nflu u'K;Lkfvfdf lgdf{0f ul/Psf c:yfoL 6x/f . e"sDkn] hf]lvddf k/]kl5 nfk|fs uflj;sf] a:tLnfO{ ;/sf/L lg0f{o;Fu} ;f]xL uflj;sf] u'K;Lkfvfdf ;fl/Psf] lyof] . oxfF Pgcf/Pgn] b'O{ jif{leqdf %&* 3/ lgdf{0f ug{] ;Demf}tfdf cfOtaf/ x:tfIf/ ePsf] 5 . tl:a/ M eLid/fh cf]emf÷/f;;](https://dhadingpost.com//wp-content/uploads/2016/09/earthqueak_victim.jpg)
कृषि विकास बेंक चौताराबाट पहिलो किस्तावापत ५० हजार हात पारेपछि बतासेबाट अाएका दुई वृद्धा भन्दै थिए, ‘रक्सी पनि खाइयो यहाँ बस्दा र आउँदा ८ हजार खर्च भइसकेको छ , अब दसैं पनि मनाउनुपर्छ बाँकी बसेको पैसाले घर निर्माण सुरु गर्नुपर्ला । अाजको राजधानी दैनिकमा समाचार छ ।
खाडीचौरमा रहेको सिन्धुविकास बैंकमा लाभग्राहीको सूचीमा श्रीमतीको नाम थियो । पैसा निकाल्न श्रीमान् श्रीमती दुवै बैंक आएका थिए । जब श्रीमतीले बैंकबाट पैसा निकालिन् तव उनीहरुबीच विवाद सुरु भयो । श्रीमान् भन्दै थिए, ‘ऋण तिर्नु छ, पैसा देऊ न ।’ श्रीमतीको जवाफ थियो, ‘यो पैसा त म मरिगए दिन्न, घर बनाउनुपर्छ ।’
जलविरेस्थित देव विकास बैंकमा पहिलो किस्ताको ५० हजार निकाल्न गोल्चेबाट आएका कामी तामाङसँगै साथ लागेर साहु पनि आए । दुई दिनेको लामो प्रतीक्षापछि तामाङले बैंकबाट पैसा हात पार्नासाथ साहुले नै पैसा लिए । केही महिनाअघि घरासयी काममा तामाङले ६० हजार ऋण लिएका थिए । अनुदान अएपछि दिने शर्तमा ।
सरकारले भूकम्पबाट क्षति भएका घर पनुर्निर्माणका लागि पहिलो किस्तावापतको ५० हजार रुपैयाँ हात परेपछिका केही प्रतिनिधिमूलक घटना हुन् यी ।