इपीएल क्रिकेटमा पञ्चकन्या र विशाल वारियर्स विजयी

Avatar photo
Dhadingpost
सोमवार, अशोज १०, २०७३

धादिङ असोज १० –

1474894345khel

घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)का सोमबारका खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् ।कीर्तिपुर मैदानमा जारी लिगमा ६ टिम सहभागी छन् ।

पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हरायो । पञ्चकन्याले आसिफ शेखको ६७ तथा कप्तान शरद भेषावकरको ४० रनको मद्दतले ३ विकेटको क्षतिमा १५४ रन बनायो ।

जवाफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एक्स फ्याक्टर्सले ८ विकेटको क्षतिमा १२० रनमात्र बनाउन सक्यो । म्यान अफ द म्याच शरदले ३ विकेटसमेत लिए ।

सोमबारै भएको अर्को खेलमा विशालले सगरमाथा लिजेन्ट्सलाई २५ रनले हरायो ।विशालले कप्तान पारस खड्काको ४५ बलमा ९९ रनको मद्दतले ४ विकेटको क्षतिमा १७४ रन बनायो । जवाफमा सगरमाथा ५ विकेटको क्षतिमा १४९ रनमा समेटियो ।

सुनील धमलाले ६० बलमा ८७ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।