धादिङ असोज ८-
घरेलु क्रिकेटको सबैभन्दा ठूलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल आज(शनिबार)देखि सुरु हुँदैछ ।
१७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागि छन् । प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
जोहरा स्पोर्टस म्यानेजमेण्टको आयोजनामा हुन लागेको प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।
पञ्चकन्या तेजको नेतृत्व शरद भेषावाकर, विशाल वारियर्सको नेतृत्व पारस खड्का, जगदम्बा राइनोजको नेतृत्व शक्ति गौचन, कलर्स एक्स फ्याक्टर्सको नेतृत्व ज्ञानेन्द्र मल्ल कान्तिपुर गोर्खाज्को नेतृत्व वसन्त रेग्मी तथा सगरमाथा लिजेन्ड्सको नेतृत्व विनोद भण्डारीले सम्हाल्दैछन् ।
इपिएल क्रिकेट प्रतियोगितालाई लैंगिक हिंसाविरुद्धको अभियानको रुपमा प्रयोग गरिने जनाइएको छ ।
लैंगिक हिंसाविरुद्ध काम गर्दै आएको साथी नेपालसँगको सहकार्यमा प्रतियोगितालाई सामाजिक हितमा प्रयोग गरिने आयोजकले जनाएको हो । उदघाटन खेल कीर्तिपुर मैदानमा हुनेछ ।
कुन टिममा को को खेलाडी ?
पञ्चकन्या तेज
शरद भेषावाकर (कप्तान), पृथु बाँस्कोटा, सुशील कँडेल, भुवन कार्की, करण केसी, आरिफ शेख,सन्नी पुन, निर्मल थापा, सोनु तामाङ, पुष्प थापा, दीपेन्द्र, ऐरी, आरिफ शेख र कुशल भुर्तेल, सञ्जय श्रेष्ठ ।
विशाल वारियर्स
पारस खड्का (कप्तान), राजु रिजाल, परेश लोहनी, सागर पुन, मञ्जित श्रेष्ठ, दीपेश खत्री, प्रकाश केसी, सुशन भारी, रामनरेश गिरी, इर्शाद अहमद, यज्ञमान कुमाल, सुरजप्रसाद कुर्मी, दीपेश श्रेष्ठ र नुरध्वज सेन ।
जगदम्बा राइनोज
शक्ति गौचन (कप्तान), महेश क्षेत्री, हासिम अन्सारी, अमित श्रेष्ठ, सुवेन्दु पाण्डे, सौरभ खनाल, प्रेम तामाङ, भूपेन्द्र थापा, सोमपाल कामी, पवन सर्राफ, निजामुद्दिन हलुवाई, शाह आलम, विशाल सुनार र विशाल गौडेल
कलर्स एक्स फ्याक्टर्स
ञानेन्द्र मल्ल (कप्तान), हिमांशु दत्त, सिद्धान्त लोहनी, अविनाश कर्ण, राजेश पुलामी, सञ्जय रेग्मी, अमर सिंह राउटेला, योगेन्द्रसिंह कार्की, राहुलप्रताप सिंह, फजलुर रहमान, हरिशंकर शाह, अरुण ऐरी, नन्दन यादव र सञ्जय बस्नेत ।
कान्तिपुर गोर्खाज्
वसन्त रेग्मी (कप्तान), सुवास खकुरेल, सन्दीप जोरा, अनिल शाह, अविनाश बोहरा, ललितसिंह भण्डारी, सन्तोष भट्ट, प्रदीप ऐरी, ललित राजवंशी, अन्तिम थापा, आकाश गुप्ता, आकाश विष्ट, प्रज्वल शाही र कुशल भुर्तेल ।
सगरमाथा लिजेन्ड्स
विनोद भण्डारी (कप्तान), दिलीप नाथ, महबुब आलम, अनिल मण्डल, चन्द्र साउद, विक्रम सोब, सन्दीप सुनार, सुनील धमला, शंकर राना, राहुल बिक, निश्चल पाण्डे, लालबहादुर अधिकारी, अनुपम सिंह र रुपेश श्रीवास्तव ।