धादिङबेसी असोज २ । संविधान दिवसको अवसरमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले मैत्रिपूर्ण खेलकुद प्रतियोगिता सुरु गरेको छ ।
शनिवार देखि विद्यालय प्राङ्गणमा एड्भान्स एकेडेमीले सो दिवसको अवसरमा विद्यलयका अभिभावक, शिक्षक विद्यार्थी बीच उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
खेलको फाईनल असोज ३ गते हुने विद्यालयका प्रन्सिपल गोविन्द बुढाथोकीले जानकारी दिनु भयो । एड्भान्स एकेडेमी धादिडद्वारा आयोजना गरिएको मैत्री पूर्ण पुरुष तथा महिला खेलकुद प्रतियोगितामा बिद्यार्थी, पूर्व बिद्यार्थी, अभिभावक र शिक्षक परिवार बीचको भलिबल, ब्याडमिन्टन र टेबल टेनिस खेलहरुको लिग चरणका खेलहरु जारी रहेको छ ।
१० वर्षे जनयुद्ध र त्यस पछि भएको जनआन्दोलन, मधेस आन्दोलनको उपजको रुपमा लिईएको संविधानसभाबाट बनेको संविधान दिवसको अवसरमा विद्यालयले अभिभावक शिक्षक, विद्यार्थी विचको आपसी मेलमिलापको पाटोलाई यो खेलकुदले महत्वपूर्ण भुमिका खेलेको एड्भान्स एकेडेमीका संचालक समितिका अध्यक्ष एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष अर्जुनकुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।