धादिङ असोज १
लिभरपुलले इंग्लिस पि्रमियर लिग फुटबलमा प्रभावशाली प्रदर्शन कायम राख्दै बलियो टोली चेल्सीलाई पराजित गरेको छ ।एन्टोनी कोन्टेलाई चेल्सीको प्रशिक्षकका रुपमा पहिलो हार चखाउने क्रममा लिभरपुलले २-१ को जित हात पारेको हो ।
जर्गेन क्लोकको प्रशिक्षकमा रहेको लिभरपुलले यो सिजनको पहिलो खेलमा नै आर्सनललाई हराउँदै शानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा नै बार्नेलीसँग हारेपछि त्यसमा ब्रेक लाग्यो ।
तर, त्यसपछि टोटनहृयामसँग बराबरी खेलेको उसले साबिकको बिजेता लिसेस्टरमाथि ४-१ को प्रभावशाली जित निकाल्यो । र, उसको अर्को शिकार चेल्सी बनेको छ ।चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले १७ औं मिनेटमा नै लोभरेनको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा हेन्डरसनले गोल गरेपछि पाहुना टोली पहिलो हाफमा नै दुई गोलको अग्रता लिन सफल भयो । करिव ३० यार्ड टाढाबाट गरेको उनको यो गोल लोभलाग्दो थियो ।
दोस्रो हाफको ६१ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले गोल गरे । तर, थप गोल हुन सकेन र चेल्सीले सिजनको पहिलो हार व्यहोरेको छ ।