‘चट्याङले मरेका पनि सहिद !’

Avatar photo
Dhadingpost
शनिबार, अशोज १, २०७३

धादिङ असोज १

Minister for Culture, Tourism and Civil Aviation Ananda Prasad Pokharel speaks at the Reporters' Club in Kathmandu, on Monday, November 9, 2015. Photo: Reporters' Club

पूर्वमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् ।

आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप लगाएको आजको नयाँ पत्रिकाले जनाएको छ ।

शुक्रबार रेडियो शैलुङ दोलखाको वार्षिकोत्सवको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले कैलालीमा एसएसपीसहित सुरक्षाकर्मीलाई हत्या गर्ने अभियुक्तको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारुले सुरक्षा बलको मनोबल गिराएको जिकिर गरे ।