भारतसँग आधा दर्जन सम्झौता

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३०, २०७३

धादिङ  भदौ  ३० –

nepal-bharat-flag

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबार सुरू हुने भारत भ्रमणका क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीय उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्ने आजको अन्नपूर्णमा समाचार छ ।

कुटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल-भारत मुजˆफरपुर ढल्केवर प्रशारण लाइनबाट आयात-निर्यात हुने विद्युतका लागि भारतले हेटौडामा विद्युत प्रशारण शव स्टेसनमा ऋण सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर हेन भएको छ ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ७ सय ५० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

भारतले नेपालको हुलाकी राजमार्ग निर्माणका लागि परामर्सदाता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डको जन्मस्थल कास्कीको ढिकुरपोखरीमा पोलिटिकल इन्स्टिच्युटको निर्माण सम्बन्धी बेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।