मैदानमा ढलेका खेलाडिको केहि छिनमै मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २८, २०७३

धादिङ भदौ २८

french_cup_getty

फ्रान्समा एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ । फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो ।

फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयघात भएको थियो । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन । बुर्किना फासोको राष्ट्रिय टिमका पूर्व खेलाडी ३४ वर्षका बेनले राष्ट्रिय टिमबाट चार खेल खेलेका छन् ।