धादिङबेसी भाद्र २७ । सरकारले सबै भूकम्प पीडितहरु बलिया र तन्दुरुस्त छ भन्ने बुझ्नु गलत छ । यसै त भूकम्प पछि मानसिक तनावमा रहेका उनीहरु अहिले सरकारले वितरण गर्न लागेको आवस निर्माण योजनाले थप चिन्तित बनाएको छ । दृष्यले पनि यहि भनि रहेको छ, सरकार सबै भूकम्प पीडित तन्दुरुत र बलिया छैनन् है ! ।
सदरमुकाम धादिङबेसी सिभिल बैकमा घर बनाउने पहिलो किस्ताको रकम लिन खाल्टेबाट आएकी यी महिलाको घुडा भन्दा तल छैन । उनको श्रीमान्को मृत्यु पछि २ छोरीको हेरचाह उनी कै थाप्लोमा आईपुगेको छ ।
के गरि घर व्यवहार धानिएकी होलीन्, यी अपाङ्ग महिलाले सबैलाई सोच्न बाध्य पार्ने ती महिला हुन् जानकी गुरुङ ।
उनी सदरमुकाम धादिङबेसीमा घर बनाउने सपना बुन्दै सिभिक बैक जसरी आईन घर जाने कस्ट पनि त्यस्तै । खाल्टे हिले खर्कबाट बिहान सबे रै दृष्यमा देखाए जसरी नै घिर्षदै बिहान १२ बजे धादिङबेसी आईपुगेकी हुन् । बैकिङ काम सक्दा ३ बजेको थियो, अरु खाल्टेबासीलाई भन्दा उनलाई घरजाने हतारो देखिन्थ्यो । हामीले खिचेको तस्वीर उनी घरजान बजारको कालो पत्रे सडकमा घिर्षिदै हिडि रहेकी थिईन ।
भूकम्पले थिलथिलोे पारेका घाउहरु खाटो बस्न सकेका छैनन् । बारीको पाटामा टाँगिएका पालहरु प्वाल परि सके टिनका छानाहरु हावाले उडाए हामी जस्ता अपाङगहरु कहिले जग्गा धनी पुर्जाको लाागि कहिले, गाविस सिफरीसको लागि, कति हिड्ने बरु नदिएको भए जे हुन्थ्यो, हुन्थ्यो उनको वेदनाले हाम्रो मन पनि चसक्क हुन्थ्यो ।
उनी १२ वर्षको उमेर हुँदा पोलेर दुबै खुट्टाको घुडा भन्दा तल गुमाएकी हुन् । उनलाई गाउँमा सबैले सहयोग गर्छन्, कोदो रापाईमा उनलाई बियाडे बनाईन्छ, धान रोपाईमा खाजा बनाउने जिम्मा दिईन्छ, मोल बोक्ने मेलामा मोल खन्ने जिम्मा दिईन्छ तर सरकारले नै बाध्य बनायो धादिङबेसी आउन हामीले के गर्ने स्थानिय पूर्णबहादुर गुरुङ बताउनु हुन्छ ।
जानकी गुरुङ एउटा पत्र हुन्, यस्ता अपाङ्ग, बृद्धा, जो हिडुल गर्नै नसक्ने, यस्ता भूकम्प पीडितहरुको सम्बोधन गर्न सरकार चुकेको छ । भूकम्प पीडितलाई कसरी हुन्छ सहज र सरल हुने गरि राहत वितरण गर्ने बताई रहँदा यी दृष्यमा देखिएका तस्वीहरुले के बताई रहेका छन् सबैले बझ्न जरुरी छ ।