नारायण सिलवाल,
धादिङबेसी भाद्र २७ । नीलकण्ठ नगरपालिका कार्यक्षेत्र भएको स्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाले गत अर्थिक वर्षमा १९ लाख नाफा कमएको छ । संस्थाको १९ औं साधरण सभामा आफ्ना सेयर सदस्यहरुलाई जानकारी गराउँदै उक्त रकम नाफ भएको बताएको हो ।
०५४ सालमा स्थापना गरिएको उक्त सहकारी गत वर्ष मद्यमाञ्चल क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।
सहकारीले हालसम्म १ करोड ६० लाख रुपैया शेयर पुँजी जम्मा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड रहेको शेयर पुँजी शेयर सदस्यहरुको सङख्या बढे सङगै १ करोड ६० लाख पुगेको हो । सहकारीमा हाल २२ सय ५१ जना शेयर सदस्य रहेका छन् जसमध्ये ६ सय ५९ जना बाल बचतकर्ता रहेका छन् ।
सहकारीले आर्थिक वर्ष २०७२-०७३ मा १२ करोड २० लाख ८४ हजार ९ सय ४६ रुपैया बचत संकलन गर्न सफल भएको थियो भने १३ करोड ४७ लाख १० हजार ७ सय २४ रुपैया ऋण लगानी गरेको छ । लगानी गरिएको ऋणबाट १ करोड ३९ लाख ६७ हजार २ सय ७० रुपैया ब्याज असुलेको सहकारीले बचतकर्ताहरुलाई भने ७८ लाख ६७ हजार १९ रुपैया ब्याज प्रदान गरेको छ । सहकारीले साधारण सभाको अवसर पारि २५ जना असल ऋणीहरुलाई सम्मान पनि गरेको छ ।