धादिङ भदौ २७
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा स्वान्सी सिटीले चेल्सीलाई बराबरीमा रोकेको छ ।
स्वान्सी सिटीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको १८ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले पहिलो गोल गरे ।लिगका सुरुवाती चार खेलमा अपराजित रहेको म्यानचेस्टर सिटी १२ अंकको साथ शीर्ष स्थानमा छ ।
दोस्रो हाफमा स्वान्सीका जिल्फी सिगुर्डसन र लेरोए फरले एक–एक गेल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।८१ औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । यसपछि कुनै पनि टोलीले गोल थप्न नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
यो बराबरीपछि चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।