धादिङ भाद्र २५ । धादिङ र गोरखाका बुढीगण्डकी प्रभावित भकम्पपिडितहरुले अन्तत अस्थायी घरबनाउन सरकारले अरु भुकम्पी पिडित सरह नै पैसा दिने भएको छ ।
अन्य गाविसमा सम्झौता भएको तर बुढीगण्डकी जलविद्युत परियोजनाले पार्ने प्रभावित गाविसका भुकम्पपिडितहरुले सम्झौता गर्न पाएका थिएनन् ।
बुढीगण्डकी परियोजना प्रभावितले अस्थायी आवास निर्माणका अन्य भुकम्पपिडित सरह नै पैसादिने सरकारले घोषणा गरेको हो ।
पहिलो चरणमा गोरखा र धादिङको डुबान क्षेत्रका गोरखा र धादिङका १ हजार ८ सय ८० धुरीले उक्त सुविधा पाउनेछन्।
भूकम्पमा घरबास गुमाएका गोरखा र धादिङका बुढीगण्डकी जलविद्युत परियोजनाबाट प्रभावित ३५ सय परिवारले नयाँ घर बनाउन नपाउने हल्लाले उनीहरु चिन्तित थिए ।
यस अधिको सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढेको भन्दै गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयलरे प्रभावित क्षेत्रमा घर र ठूला संरचना नबनाउन आग्रह गरेको थियो तर यो सरकारले रकम दिने निर्णय गरे पछि त्यहाका स्थानियहरु हर्षित बनेका छन् ।
बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार यस आयोजनाका कारण ३५ सय ६० घरधुरीका १९ हजार ५ सय जनाको घर र खेतबारी सबै डुबानमा पर्छ। त्यस्तै ४५ सय ५७ घरधुरीका २५ हजार ०६३ जनाको घर अथवा खेतबारी मात्र डुबानमा पर्छ।