धादिङबेसी भाद्र २४ । धादिङबेसीमा ब्लाक वेल्ट (प्रथम डन) ग्रेडिङ सम्पन्न भएको छ ।
धादिङबेसी स्थित कवर्डहलमा भएको १ दिने व्लाक वेल्ट (प्रथम डन) ग्रेडिङमा धादिङका ४ जना सफल भएका छन् ।
तेक्वान्दोका डोजाङ ग्रेडिङबाट जनश्रेय तेक्वान्दो डोजाङ मलेखु २ की सुजिता तामाङ, जनश्रेय तेक्वान्दो डोजाङ मलेखु २ कै विष्णु श्रेष्ठ, र नलिकण्ठ डोजाङका सरोज तामाङले ग्रेडिङमा ब्लाक वेल्ट (प्रथम डन) पाएको डोजाङ प्रमुख प्रतापसिं तामाङले धादिङ पोष्टलाई बताउनु भयो ।
तामाङका अनुसार नेपालमा तेक्वान्दो खेलसंग आवद्ध खेलाडि लगभग एक लाख छन् । तेक्वान्दो खेल प्रशिक्षण गर्ने डोजाङ प्रशिक्षकको पनि कमी छैन् । कतिपय खेलाडिलाई त तेक्वान्दो किन र कसका लागि खेल्ने समेत पत्तो छैन् । तेक्वान्दो खेल खेलेर के गर्ने ? खेलाडि बनेर के गर्ने ? ब्यक्तिगत रुपमा फाइदा के हुन्छ ? राष्ट्रको लागि फाईदा के हुन्छ ? प्रशिक्षकले नेपाली तेक्वान्दो खेलाडिहरुलाई ज्ञान दिन सकिरहेको अवस्था छैन् ।
उनले धादिङमा पनि सयौको संख्यामा तेक्वान्दो खेलमा खेलाडीहरु रहेको तर सहि मुल्याङ्कन र यस खेलको लोकप्रियता बुझाउन अझै सकिएको छैन एउटा प्याकेज नै बनाएर यो खेलबारे बुझाउने तयारी गरिएको बताए ।
नेपालमा विध्यमान तेक्वान्दो खेल
विश्वमा मुख्यरुपमा दुई प्रकारका तेक्वान्दो भएपनि संसारभरि लोकप्रिय बन्दै आएको तेक्वान्दो ,वल्र्ड तेक्वान्दो फेडेरेसन अन्र्तगतको तेक्वान्दो संगठन हो । जुन तेक्वान्दो एसियन गेम, साउथ एसियन, इष्ट एसियन गेम, वल्र्ड तेक्वान्दो च्यान्प्यासिप, ओलम्पीक गेम जस्ता गरिमामय र सम्मानित खेल र खेलकूद संगठनसंग आवद्व छ । जसका कारण तेक्वान्दो मार्सल आर्ट भैकन पनि वल्र्ड तेक्वान्दो फेडेरेसन अन्र्तगतको तेक्वान्दो आधुनिकरणसंगै परिस्कृत भएर खेलकूदको रुपमा स्थापीत भएको हो ।
१. राष्ट्रिय खेलकूद परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठन
वल्र्ड तेक्वान्दो फेडेरेसनको यो वैधानिक र आधिकारीक संयन्त्र सहितको क्षेत्र हो । जुन हरेक राष्ट्रमा राष्ट्रिय खेलकूल परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठनको रुपमा एउटा तेक्वान्दो संगठनले मात्र मान्यता प्राप्त गर्दछ भने त्यो तेक्वान्दो संगठन राष्ट्रभरिकै महासंघ जस्तै छाता संगठनकोरुपमा स्थापित भएको हुन्छ । यस संगठन संग आवद्वहुनको लागि आवश्यक निश्चित दक्षता र निति नियमका दायरा पूरा गर्नु पर्ने हुन्छ । यो क्षेत्रवाट राष्ट्रिय खेलमा निसर्त सहभागि हुदै अन्र्तराष्ट्रिय स्तरका राष्ट्रको प्रतिनिधित्व गर्न सक्छन् । जुन तेक्वान्दो एसियन गेम, साउथ एसियन, ईष्ट एसियन गेम,वल्र्ड तेक्वान्दो च्यान्प्यासिप, ओलम्पीक गेम जस्ता अन्य धेरै गरिमामय र सम्मानीत खेल र खेलकुल संगठनसंग आवद्व छ ।
यो संगठन सरकारी निकायसंग सम्वन्धीत भएकोले राष्ट्रियस्तरका तेक्वान्दोका खेल र कार्यक्रमहरु गरिरहेको हुन्छ भने यसका सदस्य संगठनका खेलाडीले मात्र यो राष्ट्रिय संगठनका कार्यक्रममा भाग लिन पाउछन् । अर्को सदस्यता प्राप्त तेक्वान्दो संगठन कोरिया चुङदो क्वान अन्र्तगत नेपालीद्वारा संचालित न्यू जेनेरेसन र एभरेष्ट एकेडेमी दुई तेक्वान्दो संगठन पर्दछन् । यसका ब्ल्याक बेल्ट खेलाडीले अन्र्तराष्ट्रिय प्रमाण पत्र लगायत दक्षता अनुसारका राष्ट्रिय तेक्वान्दोका प्रमाण पत्र समेतगरि दुई प्रकारका प्रमाण पत्र प्राप्त गर्दछन् ।
२. निजि तथा पेशागत क्षेत्रका तेक्वान्दो संगठन
यो तेक्वान्दो संगठन राष्ट्रिय खेलकूद परिषद अन्र्तगतको राष्ट्रिय तेक्वान्दो संगठनको दायराभित्र आउन नसकेको तेक्वान्दो संगठन हो । जुन तेक्वान्दो संगठन कुनै राष्ट्रको आधिकारिक तेक्वान्दो संगठन होइन र राष्ट्रियताका आधारमा अन्र्तराष्ट्रिय स्तरमा पनि आधिकारिक हुन सक्दैन । यो योग्य व्यक्ति विशेषले संचालन गर्न सक्ने भएकोले कसैले यसलाई व्यक्तिगत तेक्वान्दो त खेलको आधुनिकिकरणसंगै पेशागतरुपले संचालनमा ल्याएका कारण कसैले पेशागत तेक्वान्दो संगठन भनेर भन्दछन् ।
यस संगठनले तेक्वान्दोको अन्र्तराष्ट्रिय प्रमाण पत्र दिन पाउने र अन्र्तराष्ट्रिय प्रशिक्षक तालिमको सिफारिस गर्न सक्ने योग्यता रहन्छ । यो संगठन र यसका खेलाडीलाई अधिकतम अवसरमा बन्देज लगाइएको छ । तर अधिकांस राष्ट्रमा यस्ता संगठन खोल्नु र संचालन गर्नुमा खेलाडीको मौलिक हक अधिकारको हनन् हुनेहुदा गैरकानुनी भने मानिदैन । यस्ता तेक्वान्दो संगठन पनि संगठीत हुदै संस्थागत हुन थालेका छन् । र वेला वेलामा प्रतियोगिताको आयोजना गर्ने , रेफ्री तथा प्रशिक्षण सम्वन्धि तालिमको आयोजना गर्ने गरेका छन् । यस्ता संगठन सदैव राष्ट्रिय तेक्वान्दो संगठनको सदस्य बन्न प्रयासरत देखिन्छ । तर वैधानिक कमी कमजोरी र दक्षताको कारणले जटिलता पाएको देखिन्छ ।