धादिङ भदौ २२
विश्व कप २०१८ को छनोट खेलमा बेल्जियमले विजयी सुरुआत गरेको छ।
मंगलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ३–० ले हरायो। बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा यान्निक काररास्कोले एक गोल गरे। खेलको १३ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको बेल्जियमको अग्रता ६० औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै दोब्बर पारे।
८१ औं मिनेटमा काररास्कोले गोल गरेपछि बेल्जियम ३–०को स्पष्ट जित निकाल्न सफल भयो। गएरातिनै भएको खेलमा बोनिया हर्जगोविना ले इस्टोनियालाई ५–० ले हराएर समूह एचको शीर्ष स्थानमा छ। समूह एचमै रहेको ग्रिसले जिब्रालटारलाई ४–१ ले हरायो।